बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मोटाे व्यक्तिहरूमा कोरोना खोपको प्रभावकारिता कम हुन सक्ने

दैनिक नेपाल २०७७ कार्तिक ५ गते ९:३८

लण्डन, ५ कात्तिक । मोटोपनको समस्यामा रहेका व्यक्तिमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता कम हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

मोटोपन तथा जोखिमयुक्त प्रतिरक्षा प्रणाली रहेका व्यक्तिमा खोपको प्रभावकारितालाई लिएर भएको अनुसन्धानपछि अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका हुन् ।

नेचर जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा मोटोपन भएका व्यक्तिमा खोपको प्रभावकारिता अरुमा भन्दा कम देखिएको उल्लेख छ ।

स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ ज्यूरिचकी अनुसन्धानकर्ता डा. मिलेना सोकोलोवास्काका अनुसार मोटोपनको समस्या रहेका व्यक्तिमा हुने सिटोकिनेस नामक इम्यून–रेगुलेटिङ्ग प्रोटिनको समूहको स्तर बढी हुने र त्यसले गर्दा इम्यून रेपोन्स कमजोर बनाउन सक्ने बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित