६ मंसिर २०८३, आइतबार

यस्ताे बन्याे काठमाडाैंकाे दरबार हाईस्कुल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक ।  काठमाडाैंकाे जमलमा रहेको दरबार हाईस्कुलले नयाँ स्वरूप पाएकाे छ ।

भूकम्पले ध्वस्त पारेका भवन चीनको सहयोगमा निर्माण भएको हाे । विद्यालयको भवन पुरानै मौलिक शैलीमा बनाइएको छ ।

चिनियाँ सरकारको ८५ करोडको लागतमा निर्माण पूरा भएको भवन बुधबार हस्तान्तरण गर्नेछ ।

६ महिनाअघि नै निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरणको कार्यक्रम पछाडि सरेको छ ।

काठमाडौं महानगरपालिका–२७ मा रानीपोखरीको दक्षिणतर्फ साढे ९ रोपनी क्षेत्रफलमा चारतले भवन बनेको छ । पूर्वी मोहडामा रहेको ४५ कोठाको चार तले भव्य भवन संरचना चिनियाँ सांघाई कन्सट्रक्सनले भवन निर्माण गरेको हो । यहाँ साबिकका भानु र संस्कृत माध्यमिक विद्यालय संचालन हुनेछन् ।