मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संचालकमा अग्रवाल नियुक्त

दैनिक नेपाल २०७७ कार्तिक ५ गते ७:०४

काठमाडाैं, ५ कात्तिक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.को संचालक समितिको बैठकले विभोरकुमार अग्रवाललाई संचालकमा नियुक्त गरेको छ ।

संचालक अग्रवालले कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदवहाली समेत गरेका छन् ।

अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको विज्ञप्तिमा जनाइएका छ ।

लक्ष्मण चालिसेलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको छ । चालिसे विगत १६ वर्षदेखि विभिन्न बाणिज्य बैकहरूको व्यवस्थापकीय पदमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित