बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चोरीका ४ थान मोटरसाइकलसहित ३ जना पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १८:२६

काठमाडौं, ४ कात्तिक । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले चोरीका ४ थान मोटरसाइकल सहित ३ जनालाई सोमबार मध्यपुर ठिमी नगरपालिका–८ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप ठोसेका १८ वर्षीय अरुण तामाङ, दोलखा भिमेश्वर नगरपालिका–४ का २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ का २९ वर्षीय मनोज लामा छन् ।

उनीहरुले विभिन्न मितिमा चोरी गरेका लु.६३ प ७०७४ नम्बरको २०० सिसिको एनएस मोटरसाइकल ९नंम्बर परिवर्तन गरी प्रदेश नम्बर ३-०२-०१७ प ६१६७ राखेको प्रदेश नम्बर ३-०२-००३ प ३८३५ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल, प्रदेश नम्बर ३-०३-०१० प १५६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, प्रदेश नम्बर ३-०२-०१८ प ४७४१ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित