शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अपहरित बालिकाको सकुशल उद्धार, अपहरणकारी पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १७:४४

सांकेतिक तस्वीर

काठमाडौं, ४ कात्तिक । अपहरणमा परेकी एक बालिकाको ललितपुर महानगरपालिका–२९ हरिसिद्धीबाट प्रहरीले सकुशल उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक सोमबार ती बालिकाको सकुशल उद्धार गरेको बताएको छ ।

ललितपुर माहालक्ष्मी नगरपालिका–४ इमाडोलबाट अपरिचित ३/४ जना व्यक्तिहरूले बालिकाको अपहरण गरेको सूचना प्रहरीलाई प्राप्त भएको र सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बालिकाको उद्धार गरेको प्रहरीले बताएको छ ।

साथै प्रहरीले अपहरणमा संलग्न ३ जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–८ बाँसटोलका ३० वर्षीय राजु कार्की, काभ्रेको नबोबुद्व नगरपालिका–८ की २३ वर्षीया सिता परियार र धनुषाको धारापानी गाउँपालिका–२ का ४० वर्षीय कृष्ण तोलाङ्गी छन् ।

प्रतिक्रिया
सम्बन्धित