शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

३०९३ जना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १७:१३

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना नयाँ संक्रमित थपिँदा २ हजार १०८ जना संक्रमणपछि निको भएर घर फर्किएका छन् ।

यो सँगै निको भएर घर फर्किने कोरोना संक्रमितको संख्या ९६ हजार ६०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख १४ हजार ७७९ परीक्षण गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२० जना रहेका छन् भने आईसीयूमा २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित