शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

२४ घण्टामा थपिए ३०९३ जना नयाँ संक्रमित

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १६:३८

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ८६१ जनाको नमूना संकलन गर्दा उक्त संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

थपिएका मध्ये १ हजार ७०२ जना काठमाडौं उपत्यकाका मात्रै छन् । काठमाडौंमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै हालसम्म संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४१७७५ छ ।

संक्रमितमध्ये संस्थागत आइसोलेसमा १३ हजार ५५९ छन् भने होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १९६ छ ।

हालसम्म नेपालमा १३ लाख १४ हजार ७७९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित