शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बन्ने

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १६:०१

काठमाडौं, ४ कात्तिक । गत वर्षको हिट बनेको चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल निर्माण हुने भएको छ ।

चलचित्रको सिक्वेल पनि ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारीले बनाउन लागेका हुन् । उक्त चलचित्रले १४ करोड रुपैयाँ कमाएको थियो । सिक्वेल चलचित्रका लागि स्क्रिप्टमा काम भइरहेको अधिकारीले बताएका छन् ।

चलचित्र ‘छ माया छपक्कै’ दर्शकले एकदमै मनपराएको चलचित्र हो । तर, चलचित्र निर्माण गर्न भने केही समय लाग्ने उनले बताएका छन् ।

यसअघि दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर बनाइएको सो चलचित्रको सिक्वेलमा कलाकारहरु भने केही परिवर्तन हुने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित