शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कात्तिक ७ देखि ११ गतेसम्म बैंक बन्द रहने

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १४:२८

काठमाडौं, ४ कात्तिक । कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै बैंकहरुले दशैं बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।

गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिंदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको बताएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म ५ दिन सबै वाणिज्य बैंकका शाखा बन्द गर्ने निर्णय भएको बताए ।

‘दशैंमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भीडभाड हुन सक्छ’, उनले भने, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको जोखिम लिनुभन्दा ५ दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो ।’

प्रतिक्रिया
सम्बन्धित