बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गर्ने २ जना पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १३:५०

काठमाडौं, ४ कात्तिक । बुढानिलकण्ठ नगरपालिका–१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका–१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर छन् ।

प्रहरीका अनुसार उक्त स्कुल नजिकबाट बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका–५ का एक जना पुरुषको औंठी, मोबाइल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएका थिए ।

लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित