शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

चौतारी युवा समूहद्वारा अपांगता भएकालाई आर्थिक सहयोग

दैनिक नेपाल २०७७ कार्तिक ४ गते १३:३८

काठमाडौं, ४ कात्तिक । युवाहरुको समूह ‘चौतारी युवा समूह’द्वारा अपांगता भएका मजदुर भोजबहादुर मगरलाई आर्थिक सहयोग गरेको छ ।

समाजको विभिन्न क्षेत्र तथा वर्गलाई सहयोग गर्ने उदेश्यले स्थापित समूहका सदस्यलगायत विदेशमा रहेका सहयोगीहरुको सहयोगबाट उनलाई आर्थिक सहयोग गरिएको हो । मुठी मानो गर्दै, मगरको उपचार तथा उनका साना नानीहरुको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले ६ लाख ४० हजार रुपैयाँ सहयोग गरिएको समूहले बताएको छछ ।

अपांगता भएका भोजबहादुर मगरलाई उक्त रकम हस्तान्तरण गरेको ‘मुठी मानो अभियान’का अभियन्ता तथा चौतारी युवा समूहका अध्यक्ष रोशन दवाडीले बताए ।

समूहले विगतका समयमा पनि विभिन्न विपत्ति, समाजका पिछडिएका क्षेत्र, युवाहरुमा समाजिक उत्तरदायित्व, लगायत क्षेत्रहरुमा काम गर्दै आइरहेको अर्का अभियन्ता राधाकृष्ण प्याकुरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित