१ कार्तिक २०८३, आइतबार

सेनाले बिदाई गर्दै भन्यो– पोखरेल रक्षामन्त्री हुँदा धेरै उपलब्धि भयो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको विदाई गरेका छन् ।

आइतबार जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक कार्यक्रमको आयोजना गरी उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री पोखरेलको बिदाई गरिएको हो ।

कार्यक्रममा प्रधानसेनापति थापाले करिब ३ वर्ष रक्षामन्त्रीको जिम्मेवारी बहन गर्दा पोखरेलको मार्गनिर्देशन र नेतृत्वमा रक्षा मन्त्रालय तथा नेपाली सेनामा स्थापित हुँदै गएको सुधारात्मक कार्यको थालनीका लागि धन्यवाद व्यक्त गरे ।

पोखरेलले कार्यभार सम्हालेपश्चात् मन्त्रालयका कामहरुमा सहजता र सरलता अनुभुत भएको उल्लेख गर्दै थापाले राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापना जस्ता धेरै उपलब्धि हासिल हुनुमा मन्त्री पोखरेलको नेतृत्व महत्वपूर्ण रहेको बताए ।

बिदाई कार्यक्रमको दौरान प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले निवर्तमान रक्षामन्त्रीलाई सम्झनास्वरुप मेमेन्टो समेत प्रदान गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकालको दौरान नेपाली सेनाले राष्ट्रिय विपद्का दौरान गरेका उद्धार तथा राहत, कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरीरहेको भूमिका तथा नेपाल सरकारबाट प्राप्त अन्य विकास निर्माण, प्रकृति संरक्षण आदी महत्वपुर्ण कार्यहरुको स्मरण गरेका थिए ।

आफू जुनसुकै नियुक्तिमा रहे पनि नेपाली सेनालार्इ सदैव सहयोग गरीरहने प्रतिबद्धता समेत पोखरेलले व्यक्त गरेका छन् ।