६ मंसिर २०८३, आइतबार

कैलालीमा वेपत्ता प्रहरी जवान साउदकाे पनि शव भेटियाे

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ४ कात्तिक । कैलाली जिल्लामा वेपत्ता प्रहरी जवान रामबहादुर साउदकाे शव भेटिएकाे छ ।

अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत जवानको शव पनि इन्चार्ज प्रहरी निरिक्षक गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए ।

उनले प्रहरी सहायक निरीक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको जानकारी दिए ।