शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लुम्विनी प्रदेशमा कोरोनाका बिरामीको निःशुल्क उपचार हुने

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ९:४०

काठमाडौं, ४ कात्तिक । केन्द्र सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेर आलोचित बनिरहेका बेला लुम्विनी प्रदेशले भने संक्रमितहरूको उपचार निःशुल्क गर्ने जनाएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट लुम्विनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार हुने जनाएका हुन् । उनले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुने उल्लेख गरेका छन् ।

‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ’, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित