शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतले पूर्वी लद्दाखमा चिनियाँ सैनिकलाई नियन्त्रणमा लियाे

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ७:१८

नयाँदिल्ली, ४ कात्तिक । पूर्वी लद्दाखको डेमचेक सेक्टरमा भारतले एक जना चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ ।

वास्तविक नियन्त्रण रेखा पार गरेर भारतर्फ आइरहेका बेला उनलाई नियन्त्रणलाई लिइएको भारतले दाबी गरेको छ ।

भारतीय सेनाका अनुसार उनलाई सबै किसिमका मेडिकल सुविधा, अक्सिजन, खाना तथा न्यानो लुगाहरू दिइएको छ ताकि उचाइँमा अत्यधिक चिसोको सामना गर्न सकियोस् ।

भारतीय सेनाका अनुसार चीनको पिपुल्स लिबरेशन आर्मीलाई नियन्त्रणमा लिइएका सैनिकबारे जानकारी दिइएको छ ।

सेनाले एक वक्तव्य जारी गरेर आचार संहिता पालना गर्दै पक्राउ गरिएका चिनियाँ सैनिकलाई फिर्ता पठाइने जनाएकाे छ ।

चीनको ग्लोबल टाइम्सका अनुसार पीएलए सैनिक एक गोठालालाई सहयोग गर्ने क्रममा आइतबार राति गल्तीले सीमा पार गर्न पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित