लण्डन, ४ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।
अवे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।
वुल्भ्सका लागि राउल जिमिनेजले ७० औँ मिनेटमा गोल गरे । किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो ।
जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौँ स्थानमा पुगेको छ ।















प्रतिक्रिया