शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काठमाडौंमा दशैँका लागि खसीबोका बिक्री गर्न शुरू

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ६:४५

काठमाडौं, ४ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि खसीबोका बिक्री गर्न शुरू गरेकाे छ ।

कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित कार्यालयबाट खसीबोका बिक्री गर्न लागेको हो । कम्पनीले खसीबोकाको प्रतिकेजी मूल्य ५ सय ६० रुपियाँ निर्धारण गरेको छ ।

जसमा प्रतिकेजी १० रुपियाँ छुट गरेर उपभोक्तालाई प्रतिकेजी ५ सय ५० रुपियाँ बिक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।

खाद्य व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न दशैँमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ ।

नेपालीको महानचाढ दशैँको समयमा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगून् भन्ने उद्देश्यले सरकारी स्वामित्वमा रहेको कम्पनीले दशैँ खसीबोका बिक्री गर्दै आएको हो ।

व्यापार कम्पनीले यो दशैँका लागि १ हजार ६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भएपनि १ हजार खसीबोका मात्र बिक्री गर्ने भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित