शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सचिव अर्यालद्वारा पदभार ग्रहण, सरुवाको लागि अनलाइनमार्फत निवेदन दिनुपर्ने

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ६:३४

काठमाडौं, ४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् ।

विहीबार काठमाडौं महानगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका अर्यालले सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्रालयमा महत्वपूर्ण कार्यको थालनी गरेका छन् ।

सचिव अर्यालले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन मार्फत सरुवाको निवेदन दिनुपर्ने निर्णय गरेका छन् ।

पूर्वमेचीदेखि पश्चिम महाकाली सम्म रहेका निजामती कर्मचारीहरू सरुवाको लागि आफै मन्त्रालय आउनु पर्ने वाध्यताबाट मुक्त हुने भएका छन् ।

सचिव अर्यालले पदबहाली पछि विभिन्न महाशाखा, विभागी प्रमुख लगायतका कर्मचारीहरूसँग छलफल गर्दै प्रविधिमैत्री सेवा प्रवाह, सुशासन र व्यवसायिकतालाई मूल मन्त्र बनाएर कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औल्याए ।

सचिव अर्यालले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन मार्फत सरुवाको निवेदन दिनुपर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित