बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

काठमाडौं उपत्यकामा थपिए २ हजार ३८८ जना नयाँ संक्रमित

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १६:४५

काठमाडौं, ३ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

थपिएकामध्ये काठमाडौंका मात्र २००८ जना रहेका छन् । यस्तै भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ ।

यस्तै २४ घण्टामा निको हुनेको संख्या २ हजार ३३५ जना छ भने हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित