
काठमाडौं, ३ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपालका सबै राजनीतिक दलसँग अन्तरक्रिया गर्ने भएको छ ।
‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)लाई लिएर सीपीसीले भोलि मंगलबार नेपालका सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग अन्तरक्रिया गर्ने भएको हो ।
स्रोतका अनुसार सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत, जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईलगायत नेतासँग भर्चुअल अन्तरक्रिया गर्ने बताइएको छ ।
सीपीसीले नेपालका सबै राजनीतिक दलका नेतासँग एकैठाउँमा रहेर अन्तरक्रिया गर्न लागेको यो पहिलो पटक हो ।















प्रतिक्रिया