शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ग्लोबल आईएमई बैंकका ग्राहक र कर्मचारीलाई ल्यान्डमार्क होटेल रिसोर्टमा छूट

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १५:२६

काठमाडौं, ३ कात्तिक । ग्लोबल आइएमई बैंक र ल्यान्डमार्क होटेल रिसोर्ट एन्ड स्पा प्रालिबीच छूटसम्बन्धी सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटेल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छूटसम्बन्धी बैंक र रिसोर्टबीच एक सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्यान्डमार्क होटेल रिसोर्ट एण्ड स्पा प्रालिका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् ल्यान्डमार्क होटेल रिसोर्टको काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आईएमई बैंकको डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ तथा क्यूआर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छूट पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित