शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश दिने

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १५:२३

काठमाडौँ, ३ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ ।

२०७७ साल कात्तिक ३ गते सोमबार बसेको ३४५ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७ प्रतिशत बोनस शेयर र कर सहित ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्णविश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित