शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सांसद खगराज अधिकारीद्वारा दशैं भत्ता फिर्ता, प्रधानमन्त्रीलाई लेखे यस्तो पत्र

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १४:१५

काठमाडौं, ३ कात्तिक । कास्कीको क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आफ्नो खातामा जम्मा भएको पर्व भत्ताबापतको रकम फिर्ता गर्ने भएका छन् ।

उनले आफ्नो नामको उक्त रकम कोभिड–१९ कोषमा दाखिला गर्न संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

साथै उनले संसदीय सदस्यहरूले कानूनअनुसार पाई आएको पर्व भत्ता बराबरको रकम कोभिड–१९ कोषमा दाखिला गर्ने प्रबन्धसहित आवश्यक निर्देशनको समेत प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी उनले पत्र लेख्दै आफ्नो भत्ता फिर्ताको निर्णय गरेको बताएका छन् । साथै अन्य सांसदहरूले समेत सो भत्ता नलिने गरी पार्टी तथा संसदीय दलले आवश्यक निर्णय लिन प्रधानमन्त्रीसँग उनले अपिल गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ–

प्रतिक्रिया
सम्बन्धित