१ कार्तिक २०८३, आइतबार

शरीर बन्धक र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगअन्तर्गतको सजाय फैसला भएपछि फरार रहेका एक प्रतिवादीलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–१२ (साविक धाइजन गाविस–५) का नरेश मेचेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिका–२९ नयाँ बसपार्कस्थित होटेल इनबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

लेचेले विर्तामोड नगरपालिका–६ का सुनिलकुमार अग्रवाल (विन्दल)लाई प्रतिवादी बजरंगपन्सारी (अग्रवाल) समेतले २०७१ माघ १८ गते विभिन्न डर त्रासमा पारी अपहरण गरी एम्बुलेन्समा हाली झापा धरमपुर-२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले सोही मितिको माघ २३ गते पीडितलाई मुक्त बनाएको थियो ।

सो क्रममा अपहरणकारी र प्रहरी विच गोली चल्दा १ जना प्रहरी कर्मचारी समेत घाईते हुन गएका थिए ।

अभियुक्तहरु उपर संगठितरुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दाशिर्षकमाजिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । उक्त वारदातपश्चात फरार रहेका नरेश मेचेको हकमा जिल्ला अदालत झापाले १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

फैसालापश्चात् हालसम्म फरार रहेकोमा उनलाई विशेष सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।