१ कार्तिक २०८३, आइतबार

नागरिकको मौलिक हकबिरोधी जो कोही सरकारमा बस्न लायक छैनन् : कोईराला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान कोभिड–१९ को महामारीप्रति सरकार जिम्मेवार नबनेको बताएका छन् ।

कोरोना संक्रमण भए/नभएको परीक्षण र उपचार व्यक्ति स्वयंले गर्नुपर्ने सरकारको पछिल्लो निर्णयप्रति आक्रोश व्यक्त गर्दै नेता कोइरालाले भनेका छन्, ‘संविधानमा उल्लेख भएको नागरिकको मौलिक हकविरुद्धको निर्णय गर्ने सरकारका प्रतिनिधि जो भए पनि नालायक हुन् ।’

सरकारको पछिल्लो निर्णयले सर्वोच्च अदालतको समेत अवहेलना गरेको भन्दै सोमबार ट्विटरमा उनले लेखेका छन्, ‘कोभिड १९ का विरामीले आफ्नो उपचार आफैंले गर्नुपर्ने र लक्षण नदेखिएका विरामीको पिसिआर टेष्ट नगर्ने सरकारी निर्णय निन्दनीय, मानवताबिरोधी र मौलिक हकबिरोधी छ । यसले सर्वोच्च अदालतको आदेशको अवहेलना पनी गरेको छ ।’

‘जनस्वास्थ्यको विषयमा यस्तो निर्णय गर्ने जो कोही सरकारमा बस्न लायक छैनन्’, उनले ट्विट गरेका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब उप्रान्त कोरोना परीक्षण र उपचार व्यक्तिले नै गर्नुपर्ने निर्णय भएको सुनाएका थिए ।

उनको सो अभिव्यक्तिपछि सरकार र सत्तारुढ दलको चौतर्फी आलोचना शुरु भएको छ ।