२ कार्तिक २०८३, सोमबार

इटालीमा कोरोनाको संक्रमण पुनः बढ्याे, नयाँ नियमहरू घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटाली, ३ कात्तिक । इटालीमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि प्रतिबन्धात्मक नयाँ नियमहरू घोषणा भएको छ ।

मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरू लागू गर्नु परेको बताएका छन् ।

मेयरहरूलाई आफ्नो शहरका सार्वजनिक स्थलहरू निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

इटालीमा पछिल्ला दिनहरूमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार एकै दिन ११ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ ।  त्यसअघि शनिबार १० हजार ९२५ जनामा संक्रमण पुष्टि भएको थियो ।