शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रतिकिलो ५६० रुपैयाँमा आजदेखि खसीबोका विक्री शुरू

दैनिक नेपाल २०७७ कार्तिक ३ गते ९:५५

काठमाडौं, ३ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैंका लागि खसीबोका विक्री शुरु गरेको छ ।

कम्पनीका अनुसार थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट विक्री गरिने छ । प्रतिकिलो ५६० रुपैयाँमा जिउँदो खसीबोका विक्री गरिने कम्पनीले जनाएको छ । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा १० रुपैयाँ छूट दिइने कम्पनीले बताएको छ ।

पहिलो चरणमा दाङबाट २०० र मकवानपुरबाट २०५ गरी ४०५ वटा खसीबोका काठमाडौं ल्याइएको छ । यसपाली १ हजार वटा खसीबोका विक्री गर्ने तयारी छ । हरेक वर्ष दशैंमा सरकारले खसीबोका तथा च्याँङग्रा विक्री गर्दै आएको छ ।

मूल्य बढेका कारण यस वर्ष च्याङ्ग्रा भने कम्पनीले विक्री नगर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित