शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आइपिएलमा पञ्जाबसँग मुम्बइ पराजित

दैनिक नेपाल २०७७ कार्तिक ३ गते ७:०६

नयाँदिल्ली, ३ कात्तिक । आइपिएल क्रिकेट खेलमा पञ्जाबले मुम्बइलाई हराएको छ ।

इण्डियन प्रिमियर लिग अन्तरगतको उक्त आइपीएलको डबल सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले मुम्बइलाई हराएको हो ।

मुम्बईले दिएको १७७ रनको चुनौती लिएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिङ गर्दै २ विकेट गुमाएर ५ रन बनाएको थियो ।

६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो । १२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो ।

आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो । यस अघि पञ्जाबका लागि कप्तान केएल राहुलले ७७ रन बनाएका थिए भने क्रिस गेल र निकोलस पुरनले २४–२४ रन बनाएका थिए ।

दीपक हुड्डाले अविजित २३ रन बनाएका थिए भने क्रिस जोर्डनले १३ रन बनाएका थिए । मुम्बईका बलर जसप्रित बुम्रराहले ३ विकेट लिए भने राहुल चाहरले २ विकेट लिएका थिए ।

टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो ।​ पञ्जाबका बलर मोहमद सामी र अर्शदीप सिंहले २–२ विकेट लिएका थिए ।

यो जितसहित पञ्जाबले ९ खेलमा आफ्नो तेस्रो जित हासिल गरेको छ । पञ्जाबले यस अघि ६ खेलमा हार बेहोरेको छ । त्यस्तै मुम्बईले ९ खेलमा ६ जित र ३ हार ब्यहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित