६ मंसिर २०८३, आइतबार

सप्तरीमा खैरौ हेरोइनसहित दाजुभाइ पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३ कात्तिक । सप्तरी प्रहरीले ठूलो परिमाणमा पहिलो पटक लागूऔषध खैरौ हेरोइनसहित दाजुभाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र उनका भाइ १९ वर्षीय निरज शर्मालाई शनिबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपित काका–ठूलो बुवाका छोराहरू हुन् ।

निरजले चलाएको स. ७ प १८६५ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीबाट खटेको प्रहरी टोलीले रोकेर जाँच गर्ने क्रममा पछाडि सवार भरतले लगाएको पेण्ट्सको गोजीमा लुकाएर राखेको अवस्थामा ५० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित महदेवा गाउँबाट महुलीतर्फ जाने भित्री सडक खण्डबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

भरतको गोजीबाट १० ग्रामको दरले बनाएको ५ पोका खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताए ।