१ कार्तिक २०८३, आइतबार

मोरङ, सुनसरी र झापामा दशैं लक्षित निषेधाज्ञा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । दशैंलाई लक्षित गरी स्थानीय प्रशासनले मोरङ, सुनसरी र झापामा निषेधाज्ञा जारी गरेका छन् ।

दशैंको चहलपहल बढेसँगै कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै कारण प्रदेश १ का यी तीन वटा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् ।

प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा सोमवार कात्तिक ३ गतेदेखि १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुने छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले आइतबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कात्तिक २ गते आइतवारबाट कात्तिक १४ गतेसम्म साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले १ महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको छ । कात्तिक १ गतेदेखि मंसिर ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।