
काठमाडौं, २ कात्तिक । विगत ७ वर्षदेखि जारी बागमती सफाइ महाअभियान दशैंमा पनि नरोकिने भएको छ ।
सोही अनुसार हिजो शनिबार (घटस्थापनाको दिन) पनि उक्त अभियानले निरन्तरता पायो भने कात्तिक ८ गते महाअष्टमीका दिन समेत महाअभियानलाई निरन्तरता दिइने भएको छ ।
घटस्थापनाका दिन बागमती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।















प्रतिक्रिया