१ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिको चुनाव हारे ट्रम्पले अमेरिका छाड्ने !

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन, २ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा पराजित भए आफूले मुलुक नै छाड्न पनि सक्ने बताएका छन् ।

नोभेम्बर ३ मा हुने चुनावका लागि विभिन्न स्थानमा प्रचारप्रसारमा पुगिरहेका ट्रम्पले ठट्यौली शैलीमा भने, ‘मैले चुनाव हारे भने सायद मैले देश नै छाड्नुर्छ, मलाई थाहा छैन ।’

म्याकोन, जोर्जियामा चुनावी सभालाई सम्बोधनका क्रममा उनले आफूले चुनाव हारे अमेरिका नै छाड्न सक्ने बताएका हुन् । पूर्व उपराष्ट्रपतिसमेत रहिसकेका बाइडेनलाई ट्रम्पले इतिहासकै कमजोर उम्मेदवारको संज्ञा पनि दिएका छन् ।

उनले भने, ‘इतिहासकै कमजोर उम्मेदवारसँग प्रतिस्पर्धा गर्नाले ममा दबाब छ ।’