२ कार्तिक २०८३, सोमबार

एलएसीमा शान्ति बिग्रिएपछि भारत–चीन सम्बन्ध प्रभावितः एस.जयशंकर

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २ कात्तिक । सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति तथा स्थिरता नराम्रोसँग बिग्रिएको र त्यसको प्रभाव भारत–चीनको सम्बन्धमा परेको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।

भारत र चीनबीच पूर्व लद्दाखमा विगत पाँच महिनादेखि सीमा क्षेत्रलाई लिएर तनाव जारी रहेका बेला जयशंकरले यस्तो बताएका हुन् । सीमा क्षेत्रमा दुई देशले ५० हजार भन्दा बढी सैनिक तैनाथ गरेका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले शनिबार आफ्नो किताब ‘द इन्डिया वे’ को प्रमोशनका लागि भएको एक वेबिनारको क्रममा भारत–चीन सम्बन्धबारे धेरै महत्वपूर्ण कुरा गरेका हुन् ।

भारत र चीनबिचको सम्बन्ध सुरुदेखि नै निकै कठिन रहेको उनले बताए । सन् १९८० पछि व्यापार, यात्रा, पर्यटनसहितका अरु धेरै सामाजिक गतिविधि सक्रियभएपछि सम्बन्ध केही सामान्य भएको उनले बताएका छन् ।