अष्ट्रिया, २ कात्तिक । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरेकी छिन् ।
अष्ट्रियाको क्रोने अनलाइनका अनुसार ३१ वर्षीया ती नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाको हत्या गरेर पुलिसलाई खबर गरेकी थिएन् ।
घटनाबारे प्रहरीलाई सम्पर्क गर्दा महिला नेपाली भएको बताएको अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले बताए ।
आफ्नै आमाले हत्या गरेका तीन छोरीको उमेर उमेर ८ महिना, नौं वर्ष र तीन वर्ष रहेको छ । प्रहरीले महिलाको परिचय खुलाएको छैन ।











प्रतिक्रिया