बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

करिब २३ किलो सुन भेटिँदा भेटिएनन् सुनका धनी !

दैनिक नेपाल २०७७ कार्तिक १ गते १७:११

काठमाडौं, १ कात्तिक । वीरगञ्ज महानगरपालिका–५ रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट शनिबार प्रहरीले करिब २३ किलो सुन तथा चाँदी बरामद गरेको छ ।

उक्त फ्ल्याटमा लुकाईराखेको अवस्थामा २२ केजी ५७६ ग्राम सुन जस्तो देखिने बिस्कुट, करिब ६८१ ग्राम सुनको जस्तो देखिने विभिन्न गरगहनाहरु र करिब २ केजी २६२ ग्राम चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू शनिबार दिउँसो प्रहरीले बरामद गरेको पत्रकार सम्मेलन मार्फत जारी दियो । तर, उक्त सुन कसले राख्यो र कसको हो भन्नेबारे प्रहरी अनविज्ञ छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको उक्त फ्ल्याटमा तलासी गर्दा उक्त धातु फेला पारी बरामद गरेको बताइए पनि अशोक सिन्हाका बारेमा प्रहरीले कुनै तथ्य फेला पार्न सकेको छैन ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले सुनका धनी कहिले पत्ता लगाउला सबैमा चासो र चिन्ता प्रकट भएको छ । किनभने सुनका तस्करीहरुसँग प्रहरीले मिलेमतो गरेको विभिन्न घटनाहरुले यहाँ पनि प्रहरीमाथि केही शंकाको सुविधा थपिएको छ ।

विशेष सूचनाको आधारमा घण्टौं लगाएर अप्रेशन गरी सुन फेला पारेको प्रहरीले सुनका धनी किन फेला पार्न सकेन ? सर्वत्र प्रश्न उब्जिन थालिसकेको छ ।

नेपालबाट भारतीयहरुले सुन लगेर विभिन्न शहरमा बेच्ने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित