बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, ३ घाइते

दैनिक नेपाल २०७७ कार्तिक १ गते १७:२८

सांकेतिक तस्वीर

रुकुम, १ कात्तिक । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

नगरपालिका ९ जालदाइनाकी ३५ वर्षिया सुसिला नेपालीको आज बिहान घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घटनास्थलमा नै ज्यान गएको हो ।

सोही वडाको औलाधारा भन्ने ठाउँमा घर लिप्ने माटो खन्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी नायब निरिक्षक तिलक बहादुर शाहिले जानकरी दिए ।

उनका अनुसार माटोको ढिस्कोमा परि घाइते हुनेहरुमा सोहि वडाका २९ वर्षिया निर्मला चदाँरा, १५ वर्षीया प्रतिमा बि.क र ४५ वर्षिया गिता बटाला रहेका छन् ।

घटना बिहान ८ बजे तिर घटेको भएपनि बिहान ९ बजे तिर मात्र प्रहरीलाई जानकारी आएको प्रहरी नायब निरीक्षक शाहिले बताए । घाइते हरुको अहिले वडा नम्बर ९ मा रहेको नगर अस्पतालमा उपचार भैरहको छ ।

घाइतेहरु निर्मला चदाँरा र प्रतिमा बिकको अवस्था सामान्य रहेको छ भने गिता बटालाको अवस्था अलि जटिल रहेको नगर अस्पतालले जनाएको छ ।

मृतक नेपालीको शव भने पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित