बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

आइसोलेसनबाट फरार एक थुनुवा पक्राउ

दैनिक नेपाल २०७७ कार्तिक १ गते १६:५९

सांकेतिक तस्वीर

काठमाडौँ, १ कात्तिक । सिराहामा आइसोलेसनबाट फरार एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनी त्यहीँबाट फरार भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित