मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम

दैनिक नेपाल २०७७ कार्तिक १ गते ६:५२

काठमाडौं, १ कात्तिक । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा तीन दिन हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागमो मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भू-भागहरुमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश न‌ं. १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न‌ं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार प्रदेश १, बाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित