६ मंसिर २०८३, आइतबार

सेनाका पृतनापतिहरूको बैठक आह्वान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेपाली सेनाले पृतना समन्वयात्मक बैठक राखेको छ ।

‘पृतनापति समन्वयात्मक बैठक २०७७’ कात्तिक २ देखि ४ गतेसम्म आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

भदौ महिनामा सञ्चालन गर्ने योजना गरिएको पृतनापतिहरूको बैठक कोभिड–१९ महामारीका कारण स्थगन भएको थियो ।

‘पृतनापति समन्वयात्मक बैठक यही २०७७ कात्तिक महिनाको २ देखि ४ गतेसम्म आयोजना गरिने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सम्मेलनमा पृतनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागिता जनाउनेछन् ।

जंगी अड्डाका सहभागीहरूले कोभिड–१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गरिने छ ।