८ कार्तिक २०८३, आइतबार

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा मूल्य नबढ्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । इण्डियन आयल कर्पोरेसनले शुक्रबार इन्धनको मूल्य बढाएर पठाए पनि नेपाल आयल निगमले भने यथावत राखेको छ ।

चाडपर्व नजिकिएकोले इन्धनको मूल्य बढेर आएपनि यथावत राखिएको आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट मूल्य बढेर आएको भए पनि नेपालमा मूल्य हेरफेर नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘पछिल्ले पटक इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पोट्रोलियम पदार्थको मूल्य केही घटबढ भएर आएकोले निगमको ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७१’ अनुसार विक्री मूल्य समायोजन गर्नुपर्ने भएता पनि आसन्न चाडपर्वलाई मध्यनजर गर्दै हाललाई विक्री मूल्य यथावत नै राखिएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ प्रवक्ता उपाध्यायले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।