बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आफ्नै भाइले गरे दाइको हत्या

दैनिक नेपाल २०७७ असोज ३० गते २१:०९

सांकेतिक तस्वीर

सल्यान, ३० असोज । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् ।

वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए ।

मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताए ।

प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित