
विराटनगर, ३० असोज । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरुमा शुक्रबार एकै पटक संक्रमण देखिएपछि शुक्रबारदेखि अति आवश्यक बाहेका सेवा बन्द गरिएको छ ।
गत बुधबार ५० जना कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय सिल गर्ने जानकारी गराएको थियो । शाखाअन्तर्गत स्थायीतर्फ १ सय ३० जना र बाँकी करार र अस्थायी गरी १ सय ८० जना कर्मचारी छन् ।















प्रतिक्रिया