८ कार्तिक २०८३, आइतबार

सुर्खेतमा लक्षणसहितका कोरोना संक्रमितको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । सुर्खेतमा एक युवकको कोरोनाका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवक रहेको छन् । उनको बिहीबार बेलुका मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

कोरोनाका लक्षण देखिएका उनमा सास फेर्न पनि गाह्रो भएको थियो ।

उनलाई २८ गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षामा भर्ना गरिएको थियो । सास फेर्न गाह्रो भएपछि लगत्तै आईसीयूमा भर्ना गरिएको थियो ।

उनको फोक्सोमा पानी भरिएको जनाइएको थियो ।

उपचारकै क्रममा बिहीबार उनको स्वाब संकलन गरिएको थियो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार लक्षणसहितको कोरोना संक्रमितको मृत्युको रुपमा राख्न सकिने बताइएको छ । उनमा अन्य कुनै रोग नदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनको शव शुक्रबार जनस्वास्थ्य कार्यालयको समन्वयमा नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको छ ।