
काठमाडौँ, २९ असोज । विराटनगरमा सिराहाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
लहान नगरपालिका ६ का ति पुरुष ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण असोज २५ गते अस्पताल भर्ना भएका थिए ।
उनलाई २६ गते संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार ती पुरुष दमको दीर्घ रोगी थिए ।















प्रतिक्रिया