७ कार्तिक २०८३, शनिबार

मेगा बैंकले ल्यायो हातैमा रेमिट्यान्स

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रुपमा विकास गरेको छ ।

स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मेगा बैंकले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने गरी अत्याधुनिक सेवा प्रारम्भ गरेको हो । रेमिट केन्द्रहरुमा नपुगी आफैले मोबाइलबाट सिधै रकम रेमीट गर्न सकिने हुँदा यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको छ ।

‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट शुरु गरिएको यो सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने मेगा बैंकले जनाएको छ ।

एकपटकमा बढीमा १ लाख रुपैंयासम्म रेमिट गर्न सकिने छ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सिधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्टहरु तथा मेगा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयहरुमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने मेगा बैंकले जनाएको छ ।