शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विश्वकप छनोट खेलमा अर्जेन्टिनाको सानदार जित

दैनिक नेपाल २०७७ असोज २८ गते ७:३३

काठमाडौं, २८ असोज । गए राति फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले अर्को जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोलले पराजित गरेको हो ।

विश्वकप छनोटमा अर्जेन्टिनाको यो दोस्रो जित हो । उक्त खेलको २४औं मिनेटमा बोलिभियाका मार्सेलो मार्टिन्स मोरेनोले गोल गरि टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४५औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।

त्यसपछि खेलको ७९औं मिनेटमा अर्जेन्टिनाकै जाओक्वीन कोरेर्राले गोल गरी टिमलाई जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित