१ कार्तिक २०८३, आइतबार

दुई अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोवेल पुरस्कार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । यस वर्षको अर्थशास्त्र तर्फको नोवेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने विद्युत् महशुल बुझाउन र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई विक्री गर्ने फ्रिक्वेन्सी लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई पुरस्कार प्रदान गर्न लागिएको नोबेल कमिटीले जनाएको छ ।

उनीहरुका खोजका कारण विक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएको कमिटीले बताएको छ ।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ ।