शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आईपीएल क्रिकेट : हैदराबादलाई पाँचौं हार, चेन्नइलाई तेस्रो जित

दैनिक नेपाल २०७७ असोज २८ गते ६:४६

काठमाडों, २८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाले पाँचौं हार बेहोरेको छ ।

यूएईमा मंगलबार राति भएको खेलमा चेन्नइसँग हैदरावाद २० रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउँदै १६८ लनको लक्ष्य प्रस्तुत गर्यो ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेइको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेइको स्कोर ११६ रन थियो ।

यसैगरी वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा १४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा ३ विकेट खेर फालेको थियो ।

जारी प्रतियोगितामा हैदरावादको पाँचौं हार हो । यो जितपछि चेन्नेइ र हैदरावादको समान ८/८ खेलमा ६/६ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित