८ कार्तिक २०८३, आइतबार

नक्कली डाक्टर बनेर बिरामी जाँच्ने पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

पर्सा, २७ असोज । पर्सामा नक्कली डाक्टर बनेर बिरामी जाँच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका २ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका ३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

तेलीले डाक्टर शिवशंकरको नाममा आफैँले बिरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।