
काठमाडौँ, २७ असोज । तनहुँमा एकै परिवारका ३ जनाको कोरोना भाईरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षीय धर्मकुमार श्रेष्ठ, उनका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमार रहेका छन् ।
आइतबार धर्मकुमारको राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
शनिबार उपचाररत उनको माईलो छोरा कृष्णकुमारको मृत्यु भएको थियो । साईलो छोरो विष्णु कुमारको भने सोमबार मृत्यु भएको हो । एकै पविारका ३ जनाको ज्यान गएपछि भिमाद गाउँ पनि शोकमा परेको छ ।
धर्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो ।















प्रतिक्रिया